मोरङ १ प्रदेश “क”  तुम्रोक र थापा सहित ४ सिफारिस

फागो समानुपातिकमा सिफारिस

इनेपालपत्र , २९८  पटक हेरिएको

उर्लाबारी , १५ भदौ । मंसिर ४ गतेको निर्वाचनको लागि मोरङ क्षेत्र नं १ प्रदेश “क” ले प्रदेशसभा प्रत्यक्ष उम्मेदवारका लागि ४ जनाको नाम सिफारिस गरेको छ ।
उर्लाबारीमा आज प्रदेश प्रदेश “क” सभापति नरबहादुर मोक्तानको सभापतित्वमा वसेको कार्यसमिती बैठकले उनिहरुको नाम सिफारिस गरिएको हो । सिफारिस हुनेमा नेपाली कांग्रेस प्रदेश १ का सदस्य अर्जुन तुम्रोक र महाधिवेसन प्रतिनिधी चिरञ्जिवी थापा, महाधिवेसन प्रतिनिधी गोमा नेपाल र मोरङ जिल्ला सदस्य वीरबल थापा रहेका छन् । चारै नेताहरु क्षेत्रमा निकै चर्चित रहेका छन् ।
यस्तै प्रदेशसभा समानुपातिक तर्फ खड्ग फागो, शोभा पालुङवा, विजय कार्की र नेत्र कुमारी भट्टराईको नाम सिफारिस गरेको छ ।

प्रतिनिधी सभाको प्रतक्ष तर्फ आरती बराल र जयधर्म आर्चायको नाम सिफारिस गरिएको प्रदेश “क”का सभापति मोक्तानले बताए ।

प्रकाशित मिति: २०२२-०८-३१ , समय : २०:२०:४६ , २ वर्ष अगाडि