चट्याङ लागेर ईटहरीमा एकजनाको मृत्यु

हाम्रो समाचारदाता , १८३  पटक हेरिएको

इटहरी , ३ भदौ । सुनसरीको इटहरी उप-महानगरपालिका १७ मा चट्याङले लागेर एक जना महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानिय २७ बर्षीय केसी ऋषिदेव इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ।

बिहिबार अपरान्ह साढे तीन बजे घर नजिकै रहेको खेतमा माछा मार्दै गरेको अवस्थामाअचानक चट्याङले लागि घाईते भएकी उनलाई उपचारको लागि एपेक्स अस्पतालमा उपचारको क्रममा मृत्यु भएँको हो।

प्रकाशित मिति: २०२२-०८-१९ , समय : १४:२६:२१ , १ वर्ष अगाडि