धरानमा कांग्रेस नेता तथा वडा अध्यक्ष राईले पाए कार्यवाहक मेयरको जिम्मेवारी

enepalpatra , ३८७  पटक हेरिएको

धरान , ३१ साउन ।धरानका मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघा दुवै आइतबार काठमाण्डौं गएका छन् ।

मेयर उपमेयर दुवै धरानको विकासका योजनाहरु लिएर काठमाण्डौं गएपछि कार्यवाहक मेयरको जिम्मेवारी कांग्रेस नेता तथा वडा नं १८ का वडाअध्यक्ष नरेन्द्रकुमार राई (प्रविण)ले पाएका छन् । उनलाई दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी मेयर साम्पाङले दिएका छन् । मेयर, उपमेयर दुवै राजधानीबाट नफर्केसम्म आफुले दैनिक प्रशासनिक काम गर्ने कार्यवाहक मेयर राईले जानकारी दिए ।

प्रकाशित मिति: २०२२-०८-१६ , समय : २२:२७:५६ , २ वर्ष अगाडि