enepalpatra , ६९८ पटक हेरिएको
मधुमल्ला ,३१ साउन । नेपाली कांगे्रसका जिल्ला समिति सदस्य गोपाल बस्नेत सहित नेपाली कांगे्रसमा सक्रिय राजनिति गरीरहेका ११ जनाले नेपाली कांग्रेस परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन ।
मंगलबार एमाले मिक्लाजुङले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा एमाले पार्टी प्रवेश गर्नेहरुमा पुर्व क्षेत्रीय सचिब तिल बिक्रम बोहोरा, पुर्व गाबिस सभापती शेर बहादुर बस्नेत, हरी बहादुर बोहोरा, तोर्ण दाहाल, मित्र बहादुर पौडेल, टिकाराम कटुवाल, बाल कृष्ण बस्नेत, बृख बहादुर बि.क., नर बहादुर लिम्बु, उमेश दर्जी रहेका छन । यस्तै मिक्लाजुङ वडा नं. ८ बाट नेकपा मओबादी केन्द्र परित्याग गरी धनबहादुर पौडेल, होम प्रसाद भट्टराई , नरेन्द्र सुवेदी, खगेन्द्र अधिकारी, बुद्धीमान बि.क., अनिस सिवा, लाखमान कोइराला र डम्बर मोहराले नेकपा माओबादी केन्द्र परित्याग गरी एमालेमा प्रवेश गरेका हुन । यस्तै राप्रपा बाट देवेन्द्र निरौला एमाले प्रवेश गरेका हुन ।
पार्टी प्रवेश कार्यक्रमलाई नव प्रवेशीको तर्फ बाट मन्तव्य राख्दै गोपाल बस्नेतले नेपाली कांग्रेसले प्राजातान्त्रीक पार्टी भएको दाबी गरे पनी त्यस्तो वातावरण नेपाली कांग्रेसमा नभएको बताए । नेपाली कांग्रेसमा यो देसलाई समृद्धी तर्फ लैजाने कुनै एजेण्डा समेत नभएको र नेपाली जनतालाई समृद्ध नेपाल शुखी नेपाली बनाउने एजेण्डा केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपा एमाले संग मात्र भएकाले आफु एमाले प्रवेश गरेको बस्नेतले बताए ।
अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा एमाले मोरङ जिल्ला अध्यक्ष ऋषीकेश पोख्रेलले नेपाल मात्र यस्तो देश हो जहाँ सरकार पक्ष प्रतिपक्षलाई हराउन लागि परेको बताए । एक्ला एक्लै हराउन नसक्ने भएपछी गठबन्धनको पगरी गुथेको पोख्रेलले बताए । नेपालमा माओबादी भन्ने पार्टी नरहेको पोख्रेलले जिकीर गरे माओवादी भनेको कांगे्रसको कान्छो भाई भएको बताउदै अबको प्रतिसपर्धा नेकपा एमाले र नेपाली कांग्रेस बिच हुने पोख्रेलले बताए । समृद्ध नेपाल शुखी नेपाली बनाउने योजना नेकपा एमाले संग मात्र भएकाले अब हुने संघको चुनाबमा एमालेले बहुमत प्राप्त गर्ने दाबी गरे । नव प्रवेशीहरुलाई योग्यता र क्षमताको आधारमा उचित जिम्मेवारी दिने पोख्रेलले बताए ।
नव प्रवेसीहरु तीलबिक्रम बोहोरा र शेर बहादुर बस्नेतले नेपाली कांग्रेसमा इमान्दार कार्यकर्ताहरुको उचित मुल्याङ्कन नहुने भएकाले आफ्नो उर्जावान समय नेपाली कांग्रेसमा बिताएको पश्चाताप गर्दै त्यहाँ सिकेको ज्ञान र अनुभवलाई अब नेकपा एमालेमा प्रयोग गरी पार्टीलाई संगठीत बनाउन लागी पर्ने बताए । पार्टीमा कुनै पदीय लाभ भन्दा पनी नि स्वार्थ सेवामा लाग्ने बताए ।
नव प्रवेशी हरुलाई नेकपा एमाले मोरङ जिल्ला अध्यक्ष ऋषीकेश पोख्रेल, सचिब रुपेश खतिवडा, नेकपा एमाले प्रदेश कमीटी सदस्य राम कृष्ण राई, नेकपा एमाले मिक्लाजुङ इन्चार्ज नरेन्द्र प्रसाद ढुङ्गेल, मिक्लाजुङ एमाले अध्यक्ष बुद्धीमान इम्सोङ लिम्बु, सचिव नगिन्द्र कार्की लगायतले अबीर र माला लगाएर पार्टी प्रवेश गराएका थिए
प्रकाशित मिति: २०२२-०८-१६ , समय : २२:०६:०६ , ३ वर्ष अगाडि