enepalpatra , ४१७ पटक हेरिएको
बिराटनगर, ३१ साउन । मोरङ र ताप्लेजुङको दुई छुट्टाछुट्टै स्थानहरुमा पानीमा डुबेर १ बालक सहित २ जनाको मृत्यु भएको छ । सोमबार अपरान्ह ४ बजे ताप्लेजुङको सिदिङ्वा गाउपालिका-६ मेहेले बाँकेटारका रेसु लिङ्देनको ७ बर्षीय छोरा बिबेक लिङ्देन स्कुलबाट घर फर्कने क्रममा बाटोमा रहेको खोल्साको दहमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी मोरङको सुनवर्षी नगरपालिका-२ मा रहेको सुग्नदलाल राजवंशीको माछा पोखरीमा डुबेर भारत सिक्किम घर भइ सुनवर्षी नगरपालिका-३ बस्ने ३६ वर्षीय शेर बहादुर राईको मृत्यु भएको छ। घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । तस्बिर : सांकेतिक रुपमा मात्र राखिएको हो ।
प्रकाशित मिति: २०२२-०८-१६ , समय : १३:४०:३६ , ३ वर्ष अगाडि