आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

हाम्रो समाचारदाता , १७७  पटक हेरिएको

पर्सा २७ साउन । आफ्नै श्रीमती २३ वर्षीया प्रतिमा कुमारी यादवको हत्या गरेको अभियोगमा वीरगञ्ज महानगरपालिका-२३ ईटियाही टोल बस्ने २६ वर्षीय दिनेश प्रसाद यादवलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

दिनेशले आफ्नै श्रीमतीको हत्या गरेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनी उपर ज्यान सम्बन्धी कसूर मुद्दामा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: २०२२-०८-१२ , समय : १७:०५:२० , २ वर्ष अगाडि