प्रधानमन्त्री शेरबहादुर देउवा सङ क्षेत्रीय सभापति राईको भेट

प्रशान्त निराैला , २७६  पटक हेरिएको

काठमान्डौ, २३ साउन । नेपाली कांग्रेसका मोरङ १ का क्षेत्रीय सभापती शंकर राईले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरि आफ्नो क्षेत्रमा आवश्यक रहेका बिकास योजना माग सहित छलफल गर्नुभएको छ ।

लेटाङ कानेपोखरी सडक फोरलेनको बनाउनुपर्ने , मदन भन्डारी राजमार्ग द्रुतगतिमा निर्माण हुनुपर्ने , सुकुम्बासी समस्या तत्काल समाधान गर्नुपर्ने , पर्यटनको अथाह संभावना बोकेको मोरङ १ लाई विशेष योजना दिएर पर्यटनको क्षेत्रमा विशेष योजना दिन माग गर्नुभएको छ ।

उहाँले कृषी क्षेत्रलाई समेत विशेष योजनाको आवश्यकता रहेकोले विशेष कृषी कार्यक्रम दिन प्रधानमन्त्री समक्ष माग गर्नुभएको छ । ।

टोलिमा लेटाङ नगर सभापति दिपकचन्द्र राई , उपसभापति मदन भट्टराई , महाधिवेशन प्रतिनिधि खड्ग श्रेष्ठ लगायत हुनुहुन्थ्यो ।

प्रकाशित मिति: २०२२-०८-०८ , समय : २१:३४:३१ , २ वर्ष अगाडि