क्षेत्रीय सभापती सहितको टोलिले सञ्‍चार तथा सूचना प्रविधि मन्त्री संग भेट

प्रशान्त निराैला , ३४०  पटक हेरिएको

काठमान्डौ २१ साउन । मोरङ क्षेत्र नं. १ मा बिकासका योजना माग सहित सरकारका प्रबक्ता , सञ्‍चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सङ नेपाली कांग्रेस मोरङ १ का क्षेत्रीय सभापती शंकर राई , महाधिबेशन प्रतिनिधि खड्ग श्रेष्ठ , लेटाङ नगर उपसभापति मदन भट्टराई तथा युवा नेता सबिन श्रेष्ठ लगायतका नेताहरुले भेट गरि क्षेत्रका योजनाहरु माग गर्नुभएको छ ।

मोरङको बिकट क्षेत्रमा अझै पनि फोनमा नेटवर्क न-आउने समस्या भएकाले ठाउँ ठाउँमा टावर राख्नुपर्ने , टेलिकमका कार्यालयलाई ब्यबस्थित गर्नुपर्ने , सुचना प्रबिधिका क्षेत्रमा विशेष योजना ल्याएर सुचना मैत्री क्षेत्र बनाउनुपर्ने मागपत्र दिईएको क्षेत्रीय सभापती राईले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०२२-०८-०६ , समय : ०७:०७:२३ , २ वर्ष अगाडि