राष्ट्रिय मगर संघको सभापतिमा दिनेश थापा चयन

हाम्रो समाचारदाता , ३१५  पटक हेरिएको

काठमाडौं, १५  साउन  । नेपाली कांग्रेसको भातृ संस्था नेपाल राष्ट्रिय मगर संघको केन्द्रीय सभापतिमा दिनेश थापामगर चयन भएका छन् ।

शनिबार बसेको संघको केन्द्रीय समितिको बैठकले सभापतिमा थापालाई सर्वसम्मत रुपमा चयन गरेको हो । नेपाली कांग्रेसमा लामो समय देखि विभिन्न जिम्मेवारीमा रहेका थापामगर नेपाली कांग्रेसको सूचना सञ्चार तथा प्रचार विभागको निवर्तमान सचिव हुन् ।

नेपाल राष्ट्रिय मगर संघको संस्थापक सचिव, महासचिव, उपसभापति हुदै सभापति चयन भएका थापामगरले लोकतन्त्रमा आस्थावान मगर समुदायलाई पार्टी एवं राज्यका विभिन्न तहमा स्थापित गर्न आफ्नो भूमिका केन्द्रित हुने बताए ।

उनले निर्धारित समयमा नै राष्ट्रिय महाधिवेशन गरी नेतृत्व हस्तान्तरण गर्ने पनि प्रतिबद्धता जनाए ।

प्रकाशित मिति: २०२२-०७-३१ , समय : ०५:२४:४७ , २ वर्ष अगाडि