enepalpatra , ४८९ पटक हेरिएको
काठमान्डौ , १० साउन । मतदाता नामावली सङ्कलन अभियानको ४० दिनमा तीन लाख ७५ हजार नयाँ मतदाता थपिएका छन् ।
प्रतिनिधि तथा प्रदेशसभाको आगामी निर्वाचनलाई लक्षित गर्दै गत असार १ गतेदेखि सुरु गरेको मतदाता नामावली दर्ता प्रक्रियामा सो सङ्ख्यामा मतदाता थपिएको निर्वाचन आयोगले जनाएको हो ।
आयोगले आफू बसेकै स्थानबाट समेत अनलाइनबाट मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको छ ।
जसअनुसार काठमाडौँमा बसिरहेका जुनसुकै जिल्लाका स्थायी मतदाता भएका व्यक्तिले दर्ता गराउन पाउने भएकाले अनलाइनमार्फत हुने आवेदननमा उत्साह थपिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।
प्रतिनिधि सभा तथा प्रदेशसभाको आगामी निर्वाचनको मिति घोषणा नभएसम्म नागरिकता प्राप्त नेपालीले मतदाता नामवलीमा नाम दर्ता गराउन सकिने आयोगले जनाएको छ ।
प्रकाशित मिति: २०२२-०७-२६ , समय : ०९:५६:४४ , ३ वर्ष अगाडि