हाम्रो समाचारदाता , १२९१ पटक हेरिएको
मधुमल्ला २२ असार । नेपाली कांग्रेसका मोरङ जिल्ला सभापती तथा संविधान सभा सदस्य डिग बहादुर लिम्बुले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत मिक्लाजुङ गाउँपालिकाको बिभिन्न जन सरोकारका समस्याहरु स्थलगत निरीक्षण गरेका छन ।
बुधबार लिम्बुले मिक्लाजुङ गाउँपालिकाको मुख्य समस्याहरुको रुपमा रहेको नुनसरी खोलामा दीगो तटबन्धन, कुइनेटार क्षेत्रबाट तोरीबरी र रचना क्षेत्रको सीचाई समस्या, मावा खोलाको कटान समस्या, मधुमल्लाबाट मलामीटहरा हुदै साखरे जाने बाटो , राम्री खोला पुल लगायत अन्य यस क्षेत्रका मुख्य मुख्य समस्याहरुको बारेमा स्थलगत निरीक्षण गरेको नेपाली कांग्रेस मिक्लाजुङका सह सचिब देउमान तामाङले बताए ।
आफ्नो निवार्चन क्षेत्रका समस्याहरुको सामाधान गर्न आफु पदमा रहे वा नरहे पनी जिम्मेवार भएर लागी पर्ने लिम्बुले बताए । स्थलगत निरीक्षणमा स्थानीय ज्ञानेन्द्र बराल, मनोज सुवेदी , याङबहादुर मगर, मिक्लाजुङ गाउँपालिका वडा नं. ९ वडाध्यक्ष सेमन्तराज दाहाल लगयतको उपस्थिती रहेको थियो ।
प्रकाशित मिति: २०२२-०७-०६ , समय : २२:४६:०५ , ४ वर्ष अगाडि