हाम्रो समाचारदाता , ३०० पटक हेरिएको

झापा, २२ असार । झापाको मेचीनगर नगरपालिका-६ स्थित मेचीपुलबाट लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ पथरीशनिश्चरे-२ का २२ बर्षीय मिलन दर्जी रहेका छन ।
मंगलवार दिउँसो ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउदै गरेका दर्जीको साथबाट ९ ग्राम ब्राउनसुगर बरामद गरेको थियो ।
लागुऔषध सहित पक्राउ परेका दर्जीको इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।
प्रकाशित मिति: २०२२-०७-०६ , समय : १३:४८:०१ , ३ वर्ष अगाडि