enepalpatra , ६२३ पटक हेरिएको
चितुवा
इटहरी ३० जेठ । सधै शान्त रहने सुनसरीको इटहरी सोमबार एकाएक चितुवा देखिएपछि त्रसित हुन पुगेको छ । बिहान ५ बजे इटहरीको ६ र ९ मा पर्ने जुटबिकाश चौकको एकता टोलमा चितुवा प्रवेश गरेपछि त्यहाका स्थानियहरूमा एकाएक ज्ञास उत्पन्न भएको छ । चितुवा त्यस स्थानमा प्रवेश गरेको ६ घण्टा बितिसकेको छ । नियन्त्रणकालागि नेपाल प्रहरी , सशस्त्र प्रहरी , नेपाली सेना , बन कर्मचारी र कोशि टप्पु बन्यजन्तु आरक्षबाट पनि बिज्ञहरू भेला भइसकेका छन ।
६ घण्टा बिति सक्दा पनि चितुवा नियन्त्रणमा आउन नसकेपछि जुटबिकास आसपासका क्षेत्रहरूमा झनै सनत्रास छाएको छ । नियन्त्रणकै निमित्त अहिले सम्म बिभिन्न निकायहरू गरी १०० जना परिचालन गरिसकिएको छ । चितुवा कहिले वोल्लो घर त कहिले पल्लो घरको कुनामा लुकेर बस्दै आएको छ ।
घरको गल्ली साघुरो भएको कारण चितुवालाइ नियनत्रणमा लिन गाह्रो भइरहेको सुरक्षा निकायबाट बुझिएको छ । यद्यपि चितुवाबाट अहिले सम्म कुनै प्रकारको मानविय क्षति भने भएको छैन । जुट बिकास चौक तथा आसपासका क्षेत्रहरूबाट कोहिपनि बाहिर निस्किएका छैनन तर छतमाथी जम्मा भएका मानिसहरू चिच्याइदिदा चितुवा नियनत्रण बाहिर जाने डर रहेको इटहरी प्रहरीको भनाइ छ ।
बिद्यालयहरूमा हतियार सहितको प्रहरी परिचालन
एका बिहानै चितुवा गाउ पसेको समाचार बाहिरिएपनि छेउछाउको बिद्यालयहरू भने बिहान ९ बजेदेखिनै सुचारू अवस्थामा रहेका छन । बिदयालय छेउछाउनै चितुवाले डेरा जमाएपछि त्यस स्थानमा अहिले बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
चितुवा प्र्रवेश गरेको गाउकै १०० मिटरको दुरिमा ग्यालेक्सि बोडिङ स्कुल रहेको छ भने नजिकै अर्को पनि बोर्डिङ रहेको छ । दुवै बोर्डिङ स्कुलमा अहिले हतियार सहितको सुरक्षाकर्मिहरू परिचालन गरिउको छ ।
प्रकाशित मिति: २०२२-०६-१३ , समय : १२:५०:४७ , ४ वर्ष अगाडि