Enepal Patra Pvt. Ltd. , ५७४ पटक हेरिएको
मोरङ, २०७८ फाल्गुन २० गते । मोरङको बेलबारी स्थितमा लागूऔषध गाँजा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हिजो दिउसो ११ बजे ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले बेलबारी नगरपालिका – ४ स्थितमा पुर्व तर्फ जाँदै गरेको को.२ ह ३२१५ नम्बरको अटोमा लुकाई छिपाई लादै गरेको लागूऔषध गाँजा ४ केजी फेला पारे सगै अटो चालक धनकुटा आखिसल्ला १ घर भई हाल सुनसरी धरान १६ बस्ने ३३ बर्षीय केशरमान राई र अटोमा सवार धनकुटा महाभारत ५ घर भई हाल सुनसरी धरान ११ बस्ने २८ बर्षीय मनोज राईलाई नियन्त्रणमा लिईएको हो । यसै गरी बेलबारी-९ का ३० बर्षीय अविनास खवासलाई गाँजा २०० ग्राम सहित घरबाटै पक्राउ गरिएको हो ।
गाँजा सहित पक्राउ परेका तीनै जना उपर थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
प्रकाशित मिति: २०२२-०३-०४ , समय : १३:५९:४५ , ४ वर्ष अगाडि