सन्थाल परिवारको निशुल्क स्वास्थ्य बिमा गर्दै रतुवामाई नगरपालिका

Enepal Patra Pvt. Ltd. , ३९८  पटक हेरिएको

रतुवामाई, ८ फागुन । मोरङको रतुवामाई नगरपालिकाले जनताको मन जित्ने गरी जनप्रिय काम गरेको छ । रतुवामाई नगरपालिका भित्र रहेका सम्पूर्ण विपन्न सन्थाल पारिवारको स्वास्थ्य बिमा गरिदिने अभियान सुरु गरेको छ ।

सो अभियान  वडा नं. १० बाट सुरु भएको छ । रतुवामाई नगरपालिका वडा नं १० का बिपन्न सन्थाल समुदायको विमा गरिदिँदै मेयर रविन राईले अभियानको उद्घाटन गर्नु भएको छ ।

क्रमश : अब अन्य वडामा रहेका विपन्न सन्थाल पारिवारको स्वास्थ्य बिमा गरिदिने मेयर रविन राईको सचिवालयले जनाएको छ । नगरभित्र रहेका १ सय बढी बिपन्न सन्थाल परिवारको स्वास्थ्य विमा गर्ने कार्यक्रम रहेको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति: २०२२-०२-२१ , समय : ११:३५:४८ , ४ वर्ष अगाडि