भोली सार्वजनिक बिदा

Enepal Patra Pvt. Ltd. , ३७२  पटक हेरिएको

काठमाडौं , १८ माघ । सरकारले सोनाम ल्होसारको अवसरमा बुधबार सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले आज एक सूचना जारी गरी तामाङहरुले मनाउने बकर इद सोनाम ल्होसारको अवसरमा माघ १९ गते बुधबार मुलुकभर लागू हुने गरी सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।

मन्त्रिपरिषद्को यही माघ १७ गतेको निर्णयानुसार बिदा दिइएको मन्त्रालयका उपसचिव बसन्त भट्टराई द्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: २०२२-०२-०१ , समय : १३:२५:०४ , ३ वर्ष अगाडि