सुन्तला कृषकलाई कृषी सामाग्री वितरण

Enepal Patra Pvt. Ltd. , २९८  पटक हेरिएको

लेटाङ, १२ पुष । जिल्लाकै एक मात्र सुन्तला फल्ने ठाँउ लेटाङ स्थित भोगटेनी साग्माका ब्यसायिक किसानलाई सुन्तला पकेट विकास कार्यक्रम अन्तर्गत पचास प्रतिशत अनुदानमा कृषी सामाग्री वितरण गरिएको छ ।
विस र पच्चीस एमएमको उन्नाईस सय मिटर सिचाई पाईप,फेरोमेन्ट्राप ,सुन्तलामा लाग्ने किरा नियन्त्रण गर्ने विषाधी लगायतका कृषी सामाग्री लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले वितरण गर्नुभएको कृषी शाखा प्रमुख करण श्रेष्ठले जानकारी दिनुभयो ।
मोर ङ जिल्लामै लेटाङ १ भोगटेनीमा ब्यवसायिक रुपमा सुन्तलाको खेती गरिदै आएको छ भने लेटाङ नगरपालिकाले विशेष रुपमा आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको श्रेष्ठले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०२१-१२-२७ , समय : १६:५०:२३ , २ वर्ष अगाडि