काँग्रेसले टुंगो लगायो फाल्गुनन्दको उम्मेद्धार, अध्यक्षमा जिल्ला सचिव आङ्देम्बे सर्बसहमत

Enepal Patra Pvt. Ltd. , १०९३  पटक हेरिएको

पाँचथर २७ अशाेज ।आगामि मंसिर १४ गते हुने उपनिर्वाचनका लागि दलहरुले आन्तरिक तयारीलाई तिब्र बनाएका छन् । काँग्रेसले फाल्गुनन्द गाँउपालिकाको अध्यक्षको उम्मेद्धार टुंगो लगाएको छ ।

नेपाली काँग्रेस फाल्गुनन्द गाँउपालिकाको आईतबार बसेको बैठकले जिल्ला सचिव बृजहाङ आङ्देम्बेलाई अध्यक्षको उम्मेद्धार बनाउने सर्बसहमतिले निर्णय गरेको हो । पालिकाबाट आङ्देम्बेलाई अध्यक्षको उम्मेद्धार बनाउन जिल्लामा सिफारिश गरिएको हो ।

‘सर्बसहमतिले बृजहाङ आङ्देम्बेको नाम सिफारिस भएको छ,’ जिल्ला सभापति नरेन्द्रकुमार केरुङले भने ‘अब जिल्ला समितिले उहाँलाई आधिकारिक रुपमा उम्मेद्धार घोषणा गर्नेछ ।’ निर्वाचन आयोगको कार्यतालिकालाई हेरेर काँग्रेसले आधिकारिक रुपमा उम्मेद्धार घोषणा गर्ने तयारी गरेको हो ।

यसअघि निर्वाचित अध्यक्ष अमर कुमार नेम्बाङको निधन भएकाले फाल्गुनन्द गाँउपालिकामा उपनिर्बाचन हुने भएको हो । यसअघिको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेद्धारले अधिकांश वडा अध्यक्ष सहित पालिका अध्यक्षामा जितेका थिए ।

प्रकाशित मिति: २०१९-१०-१४ , समय : ११:५६:४७ , ७ वर्ष अगाडि