महिलाको कोठाबाट शंकास्पद वस्तु बरामद ,आखिर किन फेरिन महिलाले बयान? आखिर के को डर ?

Enepal Patra Pvt. Ltd. , १८९१  पटक हेरिएको

काठमाडौँ , १५ अशाेज । प्रतिनिधि सभाका सभामुखबाट पिडित भनिएकी महिलाको कोठाबाट प्रहरीले शंकास्पद वस्तु बरामद गरेको छ ।

सभामुख कृष्णबहादुर महराले आफूमाथि जब रजस्ती गरेको भन्ने संसद सचिवालयमा कार्यरत एक महिलाको आरोपपछि प्रहरीले ती महिलाको कोठाबाट अनुसन्धानका लागि केहि सामान बरामद गरेको हो ।

सोमबारबाट सामाजिक संजाल तताएको घटनाले ठूलो रुप लिएपछि प्रहरीले मंगलबार पिडित महिलाको कोठामा पुगेर अनुसन्धानमा सघाउने शंकास्पद बस्तु बरामद गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुबेदीले जानकारी दिए।

उनका अनुसार पिडित महिलाले हालसम्म प्रहरीमा उजूरी दिएकी छैनन् । उनले उजूरी दर्ता गराउनु पूर्व गर्नुपर्ने स्वास्थ्य परिक्षण गर्न नमानेको एसएसपी सुबेदीले बताए । स्वास्थ्य परिक्षण बारे पिडित महिलाले सोचेर निर्णय लिने बताइएको छ ।

महिला कर्मचारीले आफूलाई ज बर जस्ती गरेको आरोप लगाएपछि सभामुख महराले प्रतिनिधि सभाका उपसभामुख समक्ष राजिनामा पत्र पेश गरेका छन्।

प्रकाशित मिति: २०१९-१०-०२ , समय : १४:४१:१३ , ५ वर्ष अगाडि