बिबिसी १०० सुचिकी सपना लाई दुर्व्यवहार गर्नेु विनयजंग पक्राउ

Enepal Patra Pvt. Ltd. , ७१३  पटक हेरिएको

काठमान्डौ, ५ फागुन । बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरलाई दुर्व्यवहार गरेको अभियोगमा विनयजंग बस्नेत पक्राउ परेका छन्।

महानगरीय प्रहरी परिसर, काठमाडौंले मंगलबार बस्नेतलाई गोंगबुबाट पक्राउ गरेको हो।

काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार बस्नेतले युट्युबमार्फत आफ्नो अश्लिल तस्वीर देखाएर चरित्र हत्या गरिदिने धम्की दिएको भन्दै सपनाले आइतबार जाहेरी दार्ता गराएकी थिइन्।

सँगै बेवारिसे शव व्यवस्थापन गर्दै आएका विनय र सपनाबीचको खटपट पछिल्लो समय सर्वजनिक भएको थियो।

बिबिसीको सूचीमा चयन भएको केही समयपछि उनीहरुबीच विवाद सुरु भएको थियो। अहिले उनीहरु छुट्टा छुट्टै समूहमा काम गर्दै आएका छन्।

सपनाको जाहेरी पछि प्रहरीले बस्नेतको खोजी सुरु गरिएको थियो।

प्रकाशित मिति: २०२१-०२-१७ , समय : ०६:२८:०२ , ५ वर्ष अगाडि