दोस्रो प्राथमिकतामा राखेकालाई कोरोना विरुद्धको खोप लगाउँदै,

लेटाङमा भोलि देखि तीन दिन अभियान सञ्चालन हुने

Enepal Patra Pvt. Ltd. , ६३५  पटक हेरिएको

लेटाङ,२ फागुन । आज देखि सरकारले दोस्रो प्राथमिकतामा रहेकाहरूलाई कोरोना विरुद्धको खोप लगाउएकोे छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज देखि फागुन ८ गतेसम्म जिल्लास्थित सबै सरकारी कार्यालयका कर्मचारी, सार्वजनिक संस्थान तथा बैङ्कका कर्मचारी, पत्रकार र स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरूलाई खोप दिन सुरु गरेको हो ।
सरकारले पहिलो प्राथमिकतामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वास्थ्य स्वयंसेवक, एम्बुलेन्स तथा शव वाहन चालक, सीमा सुरक्षामा खटिएकाहरूलाई खोप उपलब्ध गराएको थियो ।
आज देखि सुरु हुने खोप पहिलो चरणमा छुट भएका स्वास्थ्यकर्मी, स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी, निजामती सेवाका कर्मचारी, जिल्ला प्रशासन कार्यालय, मालपोत, नापी, हुलाक, कर र यातायात व्यवस्था कार्यालयका कर्मचारी, जनपथ प्रहरी, सशस्त्र प्रहरी विओपीमा खटिएका मात्र, बैङ्क तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी, प्राधिकरण र संस्थानमा कार्यरत कर्मचारी, अदालतका न्याधिश लगायत न्याय सरकारी वकिल र पत्रकारलाई कोरोना विरुद्धको खोप लगाईदैछ ।
लेटाङमा आज ४० जनालाई खोप लगाईएको स्वास्थ्य साखाको सहसंयोजक संजय काफ्लेले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०२१-०२-१४ , समय : १५:५४:२५ , ४ वर्ष अगाडि