Enepal Patra Pvt. Ltd. , १००६ पटक हेरिएको
काठमान्डाै २४ माघ । सिंहदरबार पूर्वी गेटअगाडिको एक भवनमा ठूलो ब्यानर टाँसिएको छ। जहाँ लेखिएको छ,‘हाम्रो टिम नेपालद्वारा सञ्चालित हाम्रो खानाघर खाना रु। ६५ मात्र।’ भित्र छिर्दा कुर्सी र टेबलहरु चिटिच्याट्ट पारेर राखिएका छन्। हरेक वस्तु स्टयान्डर्ड र देखिन्छ। भित्तामा लेखिएको छ- ‘नो स्मोकिङ’।
ग्राहकहरु खानाको चर्चा गर्दै मज्जाले गफिरहेका देखिन्छन्। त्यही समयमा खाना खाइरहेका रिङमान श्रेष्ठले भने, ‘खाना मिठो छ। काम गरेर खानेहरुलाई यो सस्तो खाना एकदमै ठिक छ।’ यो खानाघर माघ १७ गतेदेखि सञ्चालनमा आएको हो।
अहिले सबै युवायुवती आधुनिकतामा लम्किँदै गएका छन्। ठूल-ठूला‚ महँगा होटल, रेष्टुरेन्ट खोज्ने गर्छन्। तर,गरिब तथा दिनदुःखीले कसरी र के खान्छनरु यही सोच हाम्रो टिमुले ल्यायो।हाम्रो टिम नेपालका अध्यक्ष विमल पन्त भन्छन्, ‘काठमाडौंको महँगीमा धेरै मजदुरहरु भोकै बस्न बाध्य छन्। गाउँबाट उच्च शिक्षा हासिल गर्न आउनुहुन्छ। थोरै पैसा कमाउनेहरु खल्तीमा ६०र६५ रुपैयाँ भएका गरिब दिनदुःखीहरु भोकै बस्न नपरोस् भनेर यो सञ्चालनमा ल्यायौँ।’
आधुनिकतासँगै नेपाली खानाहरु लोप हुँदै गएकाले यसको प्रवर्द्धन गर्नुपर्नेमा पनि उनी जोड दिन्छन्। ‘काठमाडौंका धेरै रेष्टुरेन्ट युरोपियन स्टाइलले खोलिएका छन्,’ उनले भने, ‘नेपाली खाना लोप हुँदै गएको छ। हाम्रा छोराछोरीहरु विदेशी खानातिर आकर्षित छन्। भोलि हाम्रो सभ्यता, संस्कार लोप नहोस् भन्नेमा पनि हामी छौँ।’
६५ रुपैयाँमै खाना ख्वाउन सम्भव छ तरु यस प्रश्नमा उनी जवाफ दिन्छन्,‘यसमा नाफा हुँदैन, हामीलाई थाहा छ। तर, यो सेवाका लागि गरेका हौँ। सबै स्वयंसेवकहरु मिलेर खोलेका हौँ। यो लामो समयसम्म चलाउने योजना बनाएका छौँ। ग्राहकसँग लिएको ६५ रुपैयाँले गरिबलाई यसैगरी खाना खुवाउँछौँ।’उनका अनुसार हाम्रो टिमले किसानबाटै तरकारीहरु ल्याउने र चामल मिलबाट ल्याउने गरेका छन्। यो उनीहरुको अभियान नै हो। खानाघर बिहान ९ बजेदेखि बेलुका ९ बजेसम्म सञ्चालन हुन्छ।
प्रकाशित मिति: २०२१-०२-०६ , समय : ०९:०२:०५ , ५ वर्ष अगाडि