Enepal Patra Pvt. Ltd. , ८४७ पटक हेरिएको
रबिन्द्र बराल
रंगेली २४ मंसिर । माेरङकाे रंगेली नगरपालिका बडा नम्बर ७ स्थित बसपार्क नजिकै बाट लागुऔषध सहित २ जना युवा पक्राउ परेका छन ।
इलाका प्रहरी कार्यालय रंगेलीले सुनवर्षी नगरपालिका ९ बस्ने २४ बर्षका कुन्दन सहनी र १९ वर्षका आदर्श दासलाई पक्राऊ गरेको छ । उनीहरुकाे साथ बाट नेपालमा प्रतिबन्धित लागु औषधि नाईट्राभेट ट्यावलेट १ हजार २ सय ३० थान बरामद गरेको छ ।
प्रहरीले सुराकीको आधारमा पक्राउ गर्ने सफल भएको छ । उनिहरु सवार को ३३ प २०६२ नम्वरको मोटरसाकल बाट लागुऔषध फेला परेको छ । उनिहरु लाई लागुऔषध ओसारा पोसार अन्तर्गत मुद्दा चलाउने ईलाका प्रहरी कार्यलय रंगेलीका निरीक्षक अनमोल खड्काले बताए ।
प्रकाशित मिति: २०२०-१२-०९ , समय : ११:०६:२१ , ३ वर्ष अगाडि