इटहरीमा फेरि बलाकृत भइन् अर्की युवती, तीनजना पक्राउ

Enepal Patra Pvt. Ltd. , ७००  पटक हेरिएको

१७ माघ २०७५, बिहीबार। सुनसरीको इटहरीस्थित तरहराकी एक युवती बलात्कारमा परेकी छिन् ।

घटना केही समय पहिलेकै भएपनि कक्षा ७ मा पढ्ने १५ बर्षिया ती युवतीको तीन महिनाको गर्भ रहेको थाहा भएपछि बलात्कारको घटना सार्वजनिक भएको हो । बालिकालाई फकाएर तीन जनाले बेग्लाबग्लै समय र स्थानमा करणी गरेको खुलेको छ ।

प्रहरी निरीक्षक बुद्धि चौलागाईले दिएको जानकारी अनुसार कार्तिक अन्तिम हप्तादेखि मंसिर १५ गतेसम्म विभिन्न समय र स्थानमा तीन जनाले युवतीसंग यौन सम्बन्ध राखेका थिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०१९-०१-३१ , समय : १२:३१:१५ , ५ वर्ष अगाडि