Enepal Patra Pvt. Ltd. , ९३९ पटक हेरिएको
सर्लाही, १६ माघ (रासस) : नेपाली काङ्ग्रेका उपसभापति एवं पूर्वगृहमन्त्री विमलेन्द्र निधिले देशमा अहिलेसम्म भएको परिवर्तन काङ्ग्रेसले नै गरेको दाबी गर्नुभएको छ ।
सर्लाही क्षेत्र नम्बर ४ धनकौल गाउँपालिकास्थित आज काङ्ग्रेस जिल्ला कार्य समिति सर्लाहीद्वारा आयोजित सभालाई सम्बोधन गर्दै उहाँले निरंकुश राणा शासन, राजतन्त्रणलाई हटाउन काङ्ग्रेस सफल भएको भन्दै अब फेरी दुई तिहाईको सरकारको विरुद्धमा आन्दोलन गर्ने चेतावनी दिनुभयो ।
“देशमा भएको ठूलो परिवर्तन नेपाली काङ्ग्रेसले नै गरेको हो, अब फेरी देशमा जे परिवर्तन हुन्छ, त्यो काङ्ग्रेसले नै गर्नेछ”, उहाँले भन्नुभयो । सडक, विद्यालय, बिजुलीलगायत विकासको क्षेत्रमा काङ्ग्रेसको मुख्य भूमिका रहेको भन्दै अहिलेको सरकार भष्ट्राचारमा लिन भएको आरोप लगाउनुभयो ।
प्रकाशित मिति: २०१९-०१-३१ , समय : ०७:०३:०६ , ७ वर्ष अगाडि