लेटाङ नगरपालिकाका जनप्रतिनिधीहरुद्धारा १५ दिनको सेवासुविधा राहत कोषमा दिने

Enepal Patra Pvt. Ltd. , १२४६  पटक हेरिएको

लेटाङ, ११ चैत  । लेटाङ नगरपालिकाका जनप्रतिनीधिहरुले आफ्नो १५ दिनको सेवासुविधा वापतको रकम कोरोना संक्रमणको महामारीविरुद्ध लड्न र संक्रमण भएको खण्डमा उपचार तथा अन्य उपकरण तथा औषधीजन्य सामाग्री सहज गर्न सरकारले खडा गरेको केन्द्रीय राहत कोषमा जम्मा गरिदिने भएका छन् ।

मन्त्रिपरिषदको आइतबार साँझ बसेको बैठकले शुरुमा सरकारको तर्फबाट ५० करोड रुपैयाँ राखेर कोष खडा गरेको थियो ।
सो कोषमा प्रधानमन्त्री र मन्त्रीहरुले एक महिनाको तलब जम्मा गर्ने निर्णयसमेत भईसकेको छ । त्यस्तै अन्य सबैलाई सो कोषमा सहयोग गर्न सरकारले आह्वान गरेको छ ।

 

प्रकाशित मिति: २०२०-०३-२४ , समय : १४:४०:४५ , ४ वर्ष अगाडि