ईनेपालपत्र संबाददाता , ७ पटक हेरिएको
काठमाडौँ, ३१ असाेज । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण शनिबार हुने भएको छ।
कांग्रेस प्रचार समितिका अनुसार शपथग्रहण कार्यक्रम पार्टी कार्यालय, सानेपामा दिउँसो २ बजे हुनेछ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित हुनुभएका थापाको शपथ लिन लागिएको हो। अन्य निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ भने दसैँपछि मात्र हुने पार्टीले जनाएको छ।
प्रकाशित मिति: २०२६-१०-१७ , समय : ११:४०:५७ , २ घन्टा अगाडि