Enepal Patra Pvt. Ltd. , ६ पटक हेरिएको
हेटौंडा, ४ भदौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापाले पद तथा गोपनीयताको सपथ लिए लगत्तै मन्त्री परिषद बिस्तार गरेका छन ।
मुख्यमन्त्री थापाले सरकारमा ६ मन्त्री नियुक्त गरेसँगै सबैले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका पनि छन् । प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले सरकारमा ६ मन्त्रीलाई पद तथा गोपनियताको सपथ दिलाएका छन ।
जसअनुसार प्रदेशका ८ मन्त्रालयमध्ये मुख्यमन्त्री थापाले एमाले २ सहित राष्ट्रिय प्रजातन्त्र पार्टीका ३ र नेपाल कम्युनिष्ट पार्टीका १ जनालाई मन्त्री नियुक्त गरेका हुन । पद तथा गोपनीयताका सपथ लिनेमा भरतबहादुर केसीले भौतिक पूर्वाधार विकास मन्त्रालय, सरल सहयात्रीलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, राप्रपाका गिरबहादुुर तामाङलाई स्वास्थ्य तथा सामाजिक मन्त्रालय, राजु विष्टलाई खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालय र राजेन्द्र प्रजापतिलाई उद्योग पर्यटन श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
एमालेका ज्ञानबहादुर तामाङ भने विना विभागीय रहेका छन् र साथै कृषि पशुपन्छी वन तथा वातावरण मन्त्रालय र आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री थापाले आफू मातहत नै राखेका छन्।
प्रकाशित मिति: २०२६-०८-२० , समय : १८:१६:५६ , ३ घन्टा अगाडि