प्रशान्त निराैला , २४ पटक हेरिएको
लेटाङ, १८ बैशाख। मोरङको लेटाङ–४ स्थित हिमालय महायान छेवाङ छ्योलिङ बौद्ध गुम्बाको आयोजनामा २५७०औं बुद्ध जयन्ती कार्यक्रम शुक्रबार भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ। बुद्ध जन्मोत्सवको अवसरमा आयोजना गरिएको कार्यक्रममा बौद्ध धर्मावलम्बी, धर्मप्रेमी तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमअन्तर्गत बिहान भगवान बुद्धको जन्मोत्सव पूजा, लोककल्याणकारी पूजा तथा बुद्ध प्रवचन सञ्चालन गरिएको थियो। त्यसपछि शान्ति र्यालीसहित बजार परिक्रमा गरिएको थियो भने दिउँसो वाङ अभिषेक कार्यक्रमसमेत सम्पन्न गरिएको आयोजकले जनाएको छ।
गुम्बा व्यवस्थापन समितिका अध्यक्ष गणेश तामाङका अनुसार बुद्ध जयन्ती कार्यक्रम धार्मिक सहिष्णुता, शान्ति र मानव कल्याणको सन्देश फैलाउने उद्देश्यका साथ आयोजना गरिएको हो। उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहभागी, सहयोगदाता तथा शुभेच्छुकप्रति धन्यवाद व्यक्त गरेका छन्।
प्रकाशित मिति: २०२६-०५-०१ , समय : २१:२०:३९ , २ घन्टा अगाडि