खडग बहादुर श्रेष्ठ कोशी प्रदेश कार्यसमिति सदस्यमा निर्वाचित

प्रशान्त निराैला , ८  पटक हेरिएको

लेटाङ, २२ चैत । नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशको चौथो अधिवेशन अन्तर्गत सम्पन्न निर्वाचनमा लेटाङ उद्योग वाणिज्य सङ्घका वर्तमान अध्यक्ष खडग बहादुर श्रेष्ठ (साने) शानदार मतसहित कोशी प्रदेश कार्यसमिति सदस्य पदमा निर्वाचित हुनुभएको छ। उहाँको विजयले लेटाङ क्षेत्रको व्यवसायिक नेतृत्वलाई थप मजबुत बनाएको स्थानीय व्यवसायीहरूले बताएका छन्।
निर्वाचन परिणाम सार्वजनिक भएसँगै विभिन्न संघसंस्था तथा व्यवसायीहरूले श्रेष्ठलाई बधाई ज्ञापन गरेका छन्। उहाँले प्राप्त गर्नुभएको उच्च मतले उहाँप्रतिको विश्वास र लोकप्रियता झल्किएको भन्दै आगामी दिनमा प्रदेशस्तरमा व्यवसायिक हकहितका लागि प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।
नवनिर्वाचित सदस्य श्रेष्ठलाई सफल कार्यकालको शुभकामना दिँदै स्थानीय तहका उद्योगी–व्यवसायीहरूले प्रदेशको आर्थिक विकास, उद्यमशीलता प्रवर्द्धन तथा निजी क्षेत्रको सुदृढीकरणमा उल्लेखनीय योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति: २०२६-०४-०६ , समय : १०:२१:०४ , ३ घन्टा अगाडि