जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

निरोज ढकाल , १४  पटक हेरिएको

 

लेटाङ । जबरजस्ती करणी मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मिति २०८२ चैत २१ गते जिल्ला मोरङ, लेटाङ नगरपालिका–२ धोबी बस्ने वर्ष २३ का अनिल मगरलाई प्रहरीले पक्राउ गरेको हो।

 

ईलाका प्रहरी कार्यालय लेटाङ र प्रहरी चौकी बुधवारेबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई कानुन बमोजिम नियन्त्रणमा लिएको जनाएको छ। लामो समयदेखि फरार रहेका मगरलाई विशेष सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले बताएको छ।

 

ईलाका प्रहरी कार्यालय लेटाङका प्रमुख सागर साहका अनुसार पक्राउ परेका मगरमाथि थप अनुसन्धान भइरहेको छ। घटनासम्बन्धी विस्तृत विवरण संकलन गर्ने कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०२६-०४-०५ , समय : ११:५१:५७ , १० घन्टा अगाडि