निरोज ढकाल , ६ पटक हेरिएको
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभामुखको पदका लागि आफ्नो उपसभापति डिपी अर्याललाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले डिपी अर्याललाई सभामुख पदका लागि प्रस्ताव गरेका थिए। बैठकमा उपस्थित सबै सदस्यहरूले सर्वसम्मत रूपमा प्रस्ताव स्वीकृत गरेका छन्।
रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिनु भएको छ कि सिंहदरबारमा बसेको संसदीय दलको बैठकले डिपी अर्यालको उम्मेदवारीलाई औपचारिक रुपमा अनुमोदन गरेको हो।
यस निर्णयसँगै डिपी अर्याल रास्वपाको सभामुख पदका आधिकारिक उम्मेदवार बनेका छन् र अब प्रतिनिधि सभामा उनले आफ्नो उम्मेदवारी पेस गर्ने तयारी सुरु गर्नेछन्।
प्रकाशित मिति: २०२६-०४-०२ , समय : १७:४८:५४ , ३ घन्टा अगाडि