खोटाङमा समानुपातिकतर्फ पनि श्रम संस्कृति पार्टी पहिलो, रास्वपा चौथो स्थानमा

निरोज ढकाल , १०  पटक हेरिएको

प्रतिनिधिसभातर्फ एउटा मात्रै निर्वाचन क्षेत्र रहेको खोटाङमा समानुपातिकतर्फ पनि श्रम संस्कृति पार्टी पहिलो बनेको छ। प्रत्यक्षतर्फ १६ हजार ६१२ मतसहित आरेन राईलाई प्रतिनिधिसभा सदस्यमा विजयी गराएका मतदाताले समानुपातिकतर्फ पनि सोही पार्टीलाई बढी मत दिएका हुन्।

 

समानुपातिकतर्फ खोटाङमा कूल ६३ हजार २५७ मत खसेको थियो। तीमध्ये श्रम संस्कृति पार्टीले १८ हजार १३७ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको छ।

 

त्यसैगरी नेकपा (एमाले) ११ हजार ३८५ मतसहित दोस्रो स्थानमा रहेको छ भने नेपाली कांग्रेस १० हजार ७०५ मतसहित तेस्रो स्थानमा रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ८ हजार ८७९ मत प्राप्त गर्दै चौथो स्थानमा रहेको छ।

 

यस्तै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ७ हजार २७४ मत प्राप्त गरेको छ भने राष्ट्रिय परिवर्तन पार्टीले १ हजार २४४ मत प्राप्त गरेको छ।

 

यसअघि खोटाङको प्रतिनिधिसभा निर्वाचनमा श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राई विजयी भएका थिए। जिल्लामा प्रत्यक्षतर्फ मात्रै होइन, समानुपातिकतर्फ पनि सोही पार्टीले सबैभन्दा धेरै मत प्राप्त गर्दै आफ्नो प्रभाव देखाएको छ।

प्रकाशित मिति: २०२६-०३-१० , समय : १३:२३:२६ , ३ घन्टा अगाडि