जेसीजको स्थापना दिवसमा डा. शान्ति सुबेदी सम्मानित

निरोज ढकाल , ५०  पटक हेरिएको

विराटनगर, चैत २३ । विराटनगर जेसीजले आफ्नो ५३औँ स्थापना दिवसका अवसरमा नारी सम्मान कार्यक्रम आयोजना गरी मनाएको छ।

कार्यक्रममा विराटनगरमा लामो समयदेखि स्त्री तथा प्रसूति रोग सम्बन्धी सेवा प्रदान गर्दै विशेषगरी निःसन्तान दम्पतीहरूको जीवनमा खुशी ल्याउने प्रयास गर्दै आएकी स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. शान्ति सुबेदीलाई “नारी सम्मान” अन्तर्गत सम्मान गरिएको हो।

कार्यक्रममा अध्यक्ष जेसी कविराज दाहाल, उपस्थित सम्पूर्ण पूर्व अध्यक्षहरू तथा अन्य अतिथिहरूले संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

सम्मान कार्यक्रमका क्रममा विराटनगर जेसीजका वर्तमान अध्यक्ष जेसी कविराज दाहालले पूर्व अध्यक्षहरूको उपस्थितिमा डा. सुबेदीलाई खादा, माला तथा दोसल्ला ओढाउँदै सम्मानपत्र प्रदान गरी सम्मान गर्नुभएको थियो।

कार्यक्रमकी प्रमुख अतिथि विराटनगर–१० स्थित ब्रह्मकुमारी राजयोग सेवा केन्द्रकी गीता दिदी रहनुभएको थियो। कार्यक्रममा विराटनगर जेसीजका पूर्व अध्यक्षहरू, बोर्ड तथा पदाधिकारीहरू, विराटनगर जुनियर जेसीजका बोर्ड तथा पदाधिकारीहरू तथा इनरुवा, दुहवी, इटहरी लगायतका शाखाबाट आएका जेसीज अध्यक्षहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा उपस्थित सबैप्रति धन्यवाद व्यक्त गर्दै कार्यक्रम संयोजक जेसी आशिका खतिवडाले स्थापना दिवसको अवसरमा कार्यक्रम संयोजन गर्न पाएकोमा अध्यक्ष दाहाल लगायत सम्पुर्ण विराटनगर जेसीज परिवार प्रति आभार पनि व्यक्त गरेकी छन्।

 

विराटनगर जेसीज वर्ष २०२६ की जनसम्पर्क अधिकारी जेसी आकृति रानी फुयलका अनुसार कार्यक्रम सभ्य तथा भव्य रूपमा सम्पन्न भएको पनि जानकारी दिईन्।

प्रकाशित मिति: २०२६-०३-०७ , समय : २२:४४:२२ , ७ घन्टा अगाडि