चुनावी अभियान तीव्र पार्दै बालेन तेह्रथुमको वसन्तपुरमा भावी प्रधानमन्त्रीको उम्मेदवार बनेपछि देश दौडाहामा

निरोज ढकाल , १८  पटक हेरिएको

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह चुनावी अभियानका क्रममा तेह्रथुम पुगेका छन्। झापा क्षेत्र नम्बर–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका शाह इलाम, पाँचथर र ताप्लेजुङ हुँदै आज तेह्रथुमको वसन्तपुर आइपुगेका हुन्।

 

तेह्रथुम पुगेर शाहले वसन्तपुरस्थित चोलुङ पार्कको अवलोकन गरेका छन्। यसअघि रास्वपाबाट तेह्रथुमका उम्मेदवार सुरेन्द्र कार्कीले म्याङ्लुङदेवी मन्दिरको दर्शन गर्नुका साथै स्थानीय बासिन्दासँग भेटघाट र संवाद गरेका थिए। शाहको आगमनलाई स्थानीय तहमा रास्वपाको चुनावी गतिविधि थप सक्रिय भएको संकेतका रूपमा हेरिएको छ।

 

रास्वपाले शाहलाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेपछि उनी देशका विभिन्न जिल्लामा पुगेर प्रत्यक्ष जनसम्पर्कमा केन्द्रित भएका छन्। पूर्वी पहाडी जिल्लाहरू हुँदै गरिएको यो दौडलाई उनले स्थानीय अवस्था बुझ्ने र जनताको समस्या नजिकबाट सुन्ने उद्देश्यका साथ अघि बढाएको बताइन्छ।

 

झापा–५ मा शाहको प्रतिस्पर्धा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सँग छ। यही कारण झापा–५ को चुनावलाई यसपटक सबैभन्दा चासोका साथ हेरिएको निर्वाचन क्षेत्रका रूपमा लिइएको छ। शाहको तेह्रथुम भ्रमणलाई समेत सोही प्रतिस्पर्धाको पृष्ठभूमिमा महत्वपूर्ण राजनीतिक गतिविधिका रूपमा हेरिएको छ।

प्रकाशित मिति: २०२६-०१-२४ , समय : १३:०४:२८ , ५ घन्टा अगाडि

यहाँ कमेन्ट गर्नुहोस्