निरोज ढकाल , ७ पटक हेरिएको
९ दिनभित्र लेटाङका दुई सडकखण्डमा सडक बत्ती जडान हुने
लेटाङ ७, पुस । लेटाङ नगरपालिकाको पहलमा मिलनचोक–गुवाबारी फेदी तथा वडा नं. ४ अन्तर्गत चिल्ड्रेन पार्क–घिमिरेचोक सडकखण्डमा आगामी ९ दिनभित्र प्रत्येक पोलमा सडक बत्ती जडान गरिने भएको छ।
सार्वजनिक सुरक्षा र सहज आवागमनलाई ध्यानमा राखी अघि बढाइएको यस योजनाले बिहान विद्यालय तथा कलेज जाने विद्यार्थीहरू र रातिको समयमा आवतजावत गर्ने सर्वसाधारणलाई सुरक्षित र सहज वातावरण प्रदान गर्ने नगरपालिकाले जनाएको छ।
सडक बत्ती जडानपछि उक्त क्षेत्रको रात्रीकालीन दृश्यता बढ्ने, दुर्घटनाको जोखिम न्यूनीकरण हुने तथा आपराधिक गतिविधि नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, नगरको सौन्दर्य अभिवृद्धि भई व्यवस्थित र सुरक्षित नगर विकासमा यसले महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
नगरपालिकाले आगामी दिनमा अन्य अन्धकारयुक्त सडक तथा टोलहरूमा पनि चरणबद्ध रूपमा सडक बत्ती विस्तार गर्ने योजना रहेको जानकारी दिँदै निर्माण कार्यका क्रममा स्थानीयवासीको सहयोग र समन्वयको अपेक्षा गरेको छ।
प्रकाशित मिति: २०२५-१२-२२ , समय : २०:०८:०६ , ४ घन्टा अगाडि