निरोज ढकाल , ४८ पटक हेरिएको
अबैध ढुङ्गा–गिट्टी ओसारपसारमा संलग्न ट्याक्टरसहित व्यक्ति नियन्त्रणमा
लेटाङ १ पुस । लेटाङ नगरपालिका भित्र अबैध रूपमा ढुङ्गा–गिट्टी ओसारपसार गर्दै आएको अवस्थामा ट्याक्टरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। ईलाका प्रहरी कार्यालय लेटाङको टोलीले मंसिर २९ गते नियमित गस्ती तथा निगरानीका क्रममा प्रा ०१–०२–००३ त ११८९ नम्बरको ट्याक्टर अबैध रूपमा ढुङ्गा–गिट्टी ढुवानी गरिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार नगरपालिकाको स्वीकृति बिना तथा प्रचलित कानुन विपरीत उत्खनन तथा ओसारपसार भइरहेको सूचनाका आधारमा निगरानी बढाइएको थियो। नियन्त्रणमा लिइएको ट्याक्टर र संलग्न व्यक्तिलाई आवश्यक कारबाहीका लागि लेटाङ नगरपालिकालाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २०२५-१२-१६ , समय : १५:०३:५१ , १२ घन्टा अगाडि