लेटाङकी १३ वर्षीया अंशु गौतम हत्या प्रकरणमा मुख्य आरोपी पदम अधिकारी पक्राउ

निरोज ढकाल , १०  पटक हेरिएको

लेटाङकी १३ वर्षीया अंशु गौतम हत्या प्रकरणमा मुख्य आरोपी पदम अधिकारी पक्राउ

 

लेटाङ, २१ मंसिर । मोरङको लेटाङ नगरपालिका–२ फडानीकी १३ वर्षीया अंशु गौतमको “हत्यारा” पक्राउ परेको छ। सोही स्थानका बिचारी भनिने पदम अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनले हँसियाले रेटेर र खुकुरी प्रहार गरी कुकृत्यपछि अंशुको हत्या गरेको स्वीकार गरेको अंशुको परिवारले जनाएको छ।

 

घटना भएपछि अधिकारी भारतको आसाम–तीनसुकिया भागेका रहेछन्। फोन सम्पर्क भएपछि उनी शुक्रबार घर फर्केका थिए र सोही राति प्रहरीले उनलाई पक्राउ गरेको परिवारको भनाइ छ। अंशुका बुबा नवीन गौतमले उनीविरुद्ध किटानी जाहेरी दर्ता गराएका छन्।

 

पदम अधिकारीलाई मोरङ प्रहरीले आज आइतबार बिहान १० बजे सार्वजनिक गर्ने तयारी गरेको छ। असोज २१ गते कुकृत्यपछि हत्या भएकी अंशुको शव १८ दिनपछि चिसाङ जंगलमा दुई टुक्रा पारिएको र कुहिएको अवस्थामा फेला परेको थियो।

प्रकाशित मिति: २०२५-१२-०७ , समय : ०८:५३:०१ , ६ घन्टा अगाडि