याङशिलामा राष्ट्रिय सेवा दल सिसमको ५१औ दिक्षान्त समारोह सम्पन्न

Niroj Dhakal , २०९  पटक हेरिएको

याङशिलामा राष्ट्रिय सेवा दल सिसमको ५१औ दिक्षान्त समारोह सम्पन्न

 

केराबारी १९ मंसिर। राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालय केराबारी मोरङ (याङशिला) मा शुक्रबार सिसमको ५१औं दिक्षान्त समारोह सम्पन्न भएको छ।

 

कोशी प्रदेशका १४ जिल्लामा रहेका १८ विद्यालयबाट सहभागी ५२१ जना क्याडेट दिक्षित भएका छन्। कार्यक्रममा बलाध्यक्ष रथी श्री गणेश कुमार श्रेष्ठ प्रमुख अतिथि रहेका थिए।

 

सो अवसरमा पूर्वी पृतनाका निमित्त पृतनापति सहायक रथी युवराज कार्की, २ नं. हिले बाहिनीपति सहायक रथी दिवाकर विक्रम राणा, शिक्षाअधिकृत सुरेश कुमार श्रेष्ठ तथा विभिन्न विद्यालयका प्रतिनिधि, प्रअ र अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

प्रकाशित मिति: २०२५-१२-०५ , समय : २०:१०:५८ , ७ महिना अगाडि