Niroj Dhakal , १४८ पटक हेरिएको
लेटाङ गुवाबारीमा १४ औं चरणको श्रमदान अभियान सम्पन्न
लेटाङ–१९, मंसिर
लेटाङ नगरपालिका–६ गुवाबारीमा श्रम संस्कृति पार्टीको संयोजनमा १४ औं चरणको श्रमदान अभियान आज सम्पन्न भएको छ। अभियान गुहाबारी र लाखबारी केन्द्रित रहेर सञ्चालन गरिएको हो। अभियानको नेतृत्व लेटाङ नगरपालिका वडा नम्बर ६ पार्टीका संयोजक श्री भुवानी माखिमले गरेका थिए।
बिहान ८ बजेदेखि सुरु भएको श्रमदानमा स्थानीयवासी, युवाहरू र स्वयंसेवीहरूको उल्लेखनीय सहभागिता देखियो। लाखबारीदेखि गुवाबारीसम्म जाने सडकखण्ड वरिपरि उम्रिएका झाडी, बाटोको खाल्टाखुल्टी पुर्दै , घाँसपात हटाउँदै बाटोलाई सफा र व्यवस्थित बनाइएको थियो।
स्थानीयवासीहरूको भनाइअनुसार, गुवाबारी क्षेत्रमा निरन्तर भइरहेको यस्ता श्रमदान अभियानहरूले वातावरणीय स्वच्छता, सडक सुरक्षामा सुधार र समुदायबीच सहकार्य तथा एकता प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेले
का छन्।
प्रकाशित मिति: २०२५-१२-०५ , समय : १३:४७:३६ , ५ महिना अगाडि