दिपेश रोक्का , १९ पटक हेरिएको

काठमाडौं । घर तथा कार्यालय सजावट सामग्रीमा १५ वर्षदेखि सेवा दिँदै आएको हलेसी डेकोर प्रा।लि।ले व्यापारमा पारदर्शिता र इमान्दारीतालाई प्राथमिकता दिँदै डिजिटल कम्प्युटराइज्ड बिलिङ प्रणाली औपचारिक रूपमा लागू गरेको छ।
“व्यापारमा इमान्दारीता, हाम्रो प्रतिबद्धता” भन्ने नारासहित सुरु गरिएको यस अभियान अन्तर्गत अब कम्पनीबाट हुने प्रत्येक कारोबार कम्प्युटर–जेनरेटेड बिलमार्फत मात्र हुनेछ। साथै, सबै सामानमा मूल्य स्पष्ट रूपमा उल्लेख गरिनेछ, जसले ग्राहक र व्यवसायबीचको सम्बन्धलाई अझ सुरक्षित, प्रमाणित र भरपर्दो बनाउने कम्पनीको दाबी छ।
हलेसी डेकोरले कुर्सी, पर्दा, सोफा, कार्पेट, फर्निचर, पार्केट, म्याट्रेस, सिरानी, बेडसिट लगायतका घर तथा अफिस सजावट सामग्रीहरू ग्राहकको आवश्यकताअनुसार उचित मूल्यमा उपलब्ध गराउँदै आएको छ।
कम्पनीले आफ्नो १५ वर्षे यात्रालाई पारदर्शी र जिम्मेवार व्यापारको उदाहरण बनाउँदै लैजाने अठोट दोहोर्याएको छ। “बिक्री पछिको सेवा हाम्रो जिम्मेवारी” भन्ने नीतिमा अडिग रहेर, इमान्दार सेवा प्रवाह गर्दै आएको जनाएको छ।
मुख्य प्रतिबद्धताहरूमा व्यापारमा इमान्दारी र पारदर्शिता, डिजिटल बिलिङको पूर्ण कार्यान्वयन, मूल्य स्पष्ट उल्लेख, सुरक्षित तथा प्रमाणित कारोबार र १५ वर्षे अनुभवसमेत समावेश छन्।
प्रकाशित मिति: २०२५-१०-१६ , समय : ०९:५३:२० , ७ घन्टा अगाडि