enepalpatra , ७६ पटक हेरिएको

असोज २९ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)धन कमाउने योग छ र फलिफाप हुने दिन रहेको छ । पशुधनबाट पनि प्रशस्त फाइदा मिल्ने सम्भावना छ । काम बन्ने भएकाले मनमा सुखको अनुभूति हुनेछ । रमाइलो र सफल दिन रहनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)गरेका काम सफल हुनेछन् र त्यसबाट सन्तोषको अनुभव हुनेछ । नोकरीमा सामान्य प्रगति हुनेछ । विभिन्न किसिमका फाइदा हुनेछन् र अप्रत्याशित लाभ प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)काममा समस्या देखा पर्न सक्छ । अनावश्यक झमेलामा पर्न सक्ने भएकाले सचेत रहनुहोस् । आज केही हानी हुने सम्भावना छ, त्यसैले सावधानी अपनाउनु बुद्धिमानी हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)तपाईंको विचारले अरूलाई आकर्षित गर्ने समय आएको छ । धन आर्जनका अवसरहरू मिल्नेछन् । परोपकारका कार्यमा रुचि बढ्नेछ । कमाइको हिसाबले दिन शुभ रहनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)अनौठो तरिकाले कमाइ भई मन प्रशन्न हुनेछ । टाढाको यात्राको योग पनि रहेको छ । फलिफाप हुने दिन हो । राम्रो कमाइका कारण सुख र सन्तोष प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)टाढाको यात्रा गर्ने योजना छ भने केही दिनका लागि स्थगित गर्नु उपयुक्त हुनेछ । केही सुखद र केही दुःखद अनुभव हुन सक्छ । आकस्मिक रूपमा कमाइ हुने सम्भावना पनि छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)गरेका कामबाट ठूलो उपलब्धि प्राप्त नहुन सक्छ । समयको व्यर्थ नाश हुने सम्भावना छ । नसोचेको स्थानमा खर्च बढ्न सक्छ, आर्थिक व्यवस्थापनमा सावधानी अपनाउनुहोस् ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)अवसर खोज्ने क्रममा केही दौडधूप गर्नुपर्ला । अनावश्यक यात्राको सम्भावना छ । तर, आत्मीय व्यक्ति वा आफन्तको भेटले मनमा खुशी ल्याउनेछ । सुखद अनुभव हुने दिन हो ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)श्रद्धा, परोपकार र धर्म कर्ममा मन जानेछ । स्वास्थ्यमा सामान्य कमजोरी देखिन सक्छ । खर्चभन्दा कमाइ बढी हुनेछ । शिक्षा र ज्ञानका क्षेत्रमा पनि प्रगति हुने योग छ । पैसाको लाभ हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)दुःखमा साथ दिने व्यक्तिहरू भेटिनेछन् । आर्थिक लाभका अवसरहरू पनि प्राप्त हुनेछन् । विपरीत लिङ्गको साथ र सहयोगले मन प्रशन्न हुनेछ । मनोरञ्जनात्मक कार्यबाट पनि लाभ मिल्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)बिहान काममा सफलता मिल्नेछ भने बेलुका सामान्य तनाव हुन सक्छ । इष्टमित्रसँग असमझदारी बढ्न सक्छ । मुद्दा मामिलामा पर्न सक्ने सम्भावना छ । दिन प्रतिकूल भएकाले धैर्य र सावधानी आवश्यक छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)पेशागत क्षेत्रमा केही समस्या देखिन सक्छ । केही सुखद र केही दुःखद घटना हुन सक्छन् । नोकरीमा झमेला वा डर उत्पन्न हुन सक्छ । काममा स्थायित्वका लागि धैर्यपूर्वक अघि बढ्नुहोस् ।
प्रकाशित मिति: २०२५-१०-१५ , समय : ०५:२३:२५ , ११ घन्टा अगाडि