कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गते हुने

इनेपालपत्र , ८  पटक हेरिएको

भक्तपुर, ३ अशाेज । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को स्थगित पूरक परीक्षा आगामी असोज ७ र ८ गते सञ्चालन गर्ने निर्णय गरेको छ।

यसअघि भदौ २८ र २९ गते हुने परीक्षा देशको वर्तमान अवस्थाका कारण स्थगित भएको थियो। नयाँ तालिका अनुसार असोज ७ गते अनिवार्य अङ्ग्रेजी (९००४१०) विषयको परीक्षा हुनेछ।

एक विषयको मात्र परीक्षा दिने परीक्षार्थीले सोही दिन आफ्नो परीक्षा दिनेछन् भने दुई विषयमा पूरक परीक्षा दिने परीक्षार्थीले पहिलो दिन अनिवार्य अङ्ग्रेजी र दोस्रो दिन अनिवार्य नेपाली (९००२१०) विषयको परीक्षा दिनुपर्नेछ।

प्रकाशित मिति: २०२५-०९-१९ , समय : १२:४०:१९ , ४ घन्टा अगाडि