इनेपालपत्र , ५ पटक हेरिएको

मोरङ, २ असोज । कुनै समय दारासिङ्ग,किङ्गकङ्ग र फाइटर नाम सुन्ने वितिक्कै डरले थुरथुर हुने वा उनीहरुकै आडमा बलियो हुनेको संख्या कम थिएन् पुर्वमा ।
पाँचथरमा हुर्किबडेका र झापा झरेका दारासिङ्ग अर्थात कर्ण बहादुर केरुङ्गको जिवनीमा आधारीत नाटक उर्फ दारासिङ्ग झापामा मञ्चन हुने भएको छ ।
पाँचथरको फालेलुङमा जन्मिएका केरुङ ठूलो ज्यान र आट्टि स्वभावका थिए । पहाड बाट तराई हुँदै बसाई सरेर आएको उनले जम्मा ३३ बर्ष मात्र बाँच्न पाए ।
पुष मसान्तको जाडोमा झापाको माई स्थित माईमेलाको भिडमा रहस्य मय भएको उनको मृत्युको वास्तविकता अझै खुलेको भने छैन ।
सोही दारासिङको आत्माकथालाई लिएर चुलाचुली रंगमञ्च टिमले ‘उर्फ दारासिङ’ नाटकको परिकल्पना गर्याे । यहि दारासिङ्गको कथालाई लगभग ४५ वर्ष पछाडी नाटकको माध्यम बाट देखाउन लागिएको छ ।
काठमाडौं स्थित मण्डला थिएटरमा गत बैशाखमा २८ मञ्चन पश्चात् यति बेला नाटक उर्फ दारासिङको मञ्चन तयारी गरिरहेको आयोजकले बतायो ।
मुन कृएसनको सहकार्य र चुलाचुली रंगमञ्चको प्रस्तुती रहने यश नाटकलाई सुमन लिङ्देनले लेखेका हुन भने चेतन आङ्थुपोले निर्देशन गरेका छन । नाटकको व्यवस्थापन संयोजकको रुपमा विक्रम फागो वनेम रहेका छन ।
लेखक लिङ्देनका अनुसार ‘यसपटक हामीले भूमी, संस्कृति, भाषा आदिलाई केन्द्रमा राखेर कथा भन्ने कोसिस गरेका छौँ । फौदारीपन कसरी हतियार र मृत्युको कारणसम्म बन्न पुग्छ भन्ने नाटक मार्फत देखाउन खोजेका छौ’ । झापाको दमक स्थित रिभर भ्यु हेरिटेज रिसोर्ट हलमा असोजको २ देखि ११ गते सम्म मञ्चन हुने नाटकले आफ्नै भुमि र परिवेशमा दर्शकको माया कति पाउछ, त्यो भने हेर्न बाकी नै छ ।
नाटकका निर्देशक तथा चुलाचुली रंगमञ्चका संस्थापक अध्यक्ष आङ्थुपो अनुसार उर्फ दारासिङ नाटकलाई काठमाडौका दर्शकका लागी पटक पटक देखाएको र राजधानीमा अनेकन क्षेत्र र भुगोलका दर्शकले नाटकलाई मन पराएकाले पनि यो नाटक यहि क्षेत्रको कथा बोक्ने भएकाले दर्शकले मन पराउने छन् ।
जसले दारासिङलाई बचपन देखि देख्यो, संगै हुर्कियो, दारासिङ्गको कथा सुन्यो तिनै दर्शकलाई लक्षित गरेर नाटक मञ्चन गर्न लागीएको छ ।
नाटक प्रर्दशनको तयारी गर्दा देशमा आएको प्रतिकुल अवस्थाले नाटक रिहर्सलमा केही असर पुर्याएता पनि निर्धारित समय देखिनै नाटक मञ्चन शुरु गर्ने ब्यबस्थापक विक्रम फागो बताउछन ।
प्रकाशित मिति: २०२५-०९-१८ , समय : १२:०५:४९ , ३ घन्टा अगाडि