“जाने भए जम माया” : दुर्गेश थापाको नयाँ गीत सार्वजनिक, सिशन बनियाँ र गुराँश नानीको साथमा फरक प्रस्तुति

प्रशान्त निराैला , २०  पटक हेरिएको

काठमाडौं, ३२साउन। नेपाली संगीत बजारमा लगातार नयाँ प्रयोग र फरक स्वाद लिएर आउने गायक तथा कलाकार दुर्गेश थापाले आफ्नो नयाँ गीत “जाने भए जम माया” सार्वजनिक गरेका छन्। गीतमा दुर्गेश थापासँगै सिशन बनियाँ र ALHAJI GERO को स्वर रहेको छ। दुर्गेश थापाकै शब्द, संगीत, एरेन्ज र प्रोग्रामिङमा तयार भएको यो गीत आजै DURGESH THAPA को युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

गीतको भिडियो पनि निकै आकर्षक बनेको छ। गायक दुर्गेश थापा, चर्चित कन्टेन्ट क्रिएटर सिशन बनियाँ, लासो पेम्बा, ALHAJI GERO र गुराँश नानीको अभिनय तथा नृत्य रहेको भिडियोलाई निर्देशक शिव बीके ले कोरियोग्राफ र निर्देशन गरेका हुन्। भिडियोमा बिजय सुब्बा डान्स ग्रुप को उत्कृष्ट प्रस्तुतिले थप रंग भरेको छ।

गीतको छायांकन हरी हुमागाईंको टिमले गरेका छन् भने सम्पादन र रङ संयोजन मिलन विश्वकर्माले गरेका हुन्। बिमल छिनालको मिक्सिङ र मास्टरिङमा तयार पारिएको यो गीत डायनामिक स्टुडियो मा रेकर्ड गरिएको हो। लाइभ मादलमा पोषण घर्ती मगर, सनईमा समिर जैरू र गितारमा सरोज बिष्टले साथ दिएका छन्।

भिडियोको सौन्दर्य निखार्न मेकअप तथा हेयर डिजाइन अलिजा सिजावल, साक्षम पुडासैनी, मञ्जु कार्कीसिवानी ब्यूटी स्टुडियो (बुटवल) ले सम्हालेका छन्। आर्ट डाइरेक्टर मानिक पाख्रिन, स्टिल्स तथा बिहाइन्ड द सीन केशव पाण्डे (माटिका फिल्म्स) ले खिचेका छन् भने टेक्निकल सल्लाहकार वाङ्छ्यु फ्युवा रहेका छन्।

गीतको निर्माणमा मधुर पौडेल, धु्रव थापा र सागर थापाको संयोजन रहेको छ भने पोस्ट प्रोडक्सन ड्र्यागन पिक्चर्स मार्फत गरिएको हो।

सुनौलो रंग, परम्परा र आधुनिकताको संगम, युवा भावनालाई बोल्ने शब्द र आकर्षक भिडियोले सजिएको “जाने भए जम माया” गीत अहिले सामाजिक सञ्जाल र युट्युबमा लोकप्रिय बन्न थालेको छ। संगीतप्रेमीहरूले यो गीतलाई रुचाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०२५-०७-१६ , समय : ०८:४२:४६ , १४ घन्टा अगाडि