निशा दाहाल , २५ पटक हेरिएको

पथरीशनिश्चरे, २४ असार ।कृषिमा प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले पथरी शनिश्चरे नगरपालिकाले नगर क्षेत्रका किसानलाई विभिन्न आधुनिक कृषि औजारहरू वितरण गरेको छ। सोमबार आयोजित कार्यक्रममा कृषकहरूलाई ५० प्रतिशत अनुदानमा औजारहरू हस्तान्तरण गरिएको हो।
कृषि शाखामार्फत सम्पन्न कार्यक्रममा कम्बाइन मिल, च्यापकटर, मकै रोप्ने र छोडाउने मेसिन, मिनी टिलरदेखि पावर टिलरसम्मका उपकरण प्रदान गरिएको कृषि शाखा प्रमुख सविना राईले जानकारी दिइन्।
कार्यक्रममा नगर उपप्रमुख देविमाया काफ्ले, वडाध्यक्षहरू जीवन खतिवडा, उवद्धराज बस्नेत र नविन कार्कीको उपस्थिति थियो।
नगरपालिकाले यस्ता प्रविधि हस्तान्तरण कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। प्रविधिको प्रयोगले किसानको श्रम घटाएर उत्पादनमा गुणात्मक सुधार आउने विश्वास गरिएको छ।
प्रकाशित मिति: २०२५-०७-०८ , समय : ११:३७:०२ , १० घन्टा अगाडि