प्रशान्त निरौला , १६८ पटक हेरिएको

कन्काई, ७ बैशाख । निरौला वन्धू सेवा समाजको १२औं राष्ट्रिय महाधिवेशनले डा. तुलसी प्रसाद निरौलालाई केन्द्रीय अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ। शनिबार झापाको कन्काई नगरपालिका स्थित कोटीहोममा रहेको समाजको केन्द्रीय कार्यालयमा सम्पन्न महाधिवेशनले सर्वसम्मतिबाट नयाँ कार्यसमिति चयन गरेको हो।
विराटनगर निवासी डा. निरौला हाल महेन्द्र मोरङ क्याम्पसमा रसायन शास्त्रका प्राध्यापकको रुपमा कार्यरत हुनुहुन्छ। उहाँले सोही विषयमा विद्यावारिधि (PhD) गर्नुभएको छ।
नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा भुवन निरौला चयन हुनु भएको छ भने उपाध्यक्ष पदमा सरस्वती निरौला, इन्द्रप्रसाद निरौला, इश्वर निरौला, फणिन्द्र निरौला, तिर्थराज निरौला र गुरुप्रसाद निरौलाले जिम्मेवारी सम्हाल्ने भएका छन्।
महासचिवमा पवित्रा सापकोटा निरौला चयन हुनुभएको छ भने सचिव पदमा शोभित निरौला, कुष्णप्रसाद निरौला र रुद्र निरौला चयन भएका छन्। कोषाध्यक्षको जिम्मेवारी शरद निरौलाले पाएका छन्।
१३ जना पदाधिकारीसहित ४१ सदस्यीय कार्यसमिति महाधिवेशनबाट चयन गरिएको हो। सो महाधिवेशनले लेखा समिति संयोजकमा गणेशप्रसाद निरौलालाई चयन गरेको छ भने सदस्यमा इश्वरा निरौला र हेतिराज निरौलाको चयन भएका छन।
देशभरका विभिन्न जिल्ला र पालिकाबाट आएका प्रतिनिधिहरूले आफ्नो क्षेत्रबाट केन्द्रीय सदस्य चयन गरी त्यसै आधारमा पदाधिकारी चयन प्रक्रिया सम्पन्न गरिएको समाजका एक पदाधिकारीले जानकारी दिए।
हाललाई ४१ सदस्यीय कार्यसमिति चयन गरिएको भएपनि विधानअनुसार आवश्यकता अनुसार समिति विस्तार गरी ६१ सदस्य पुर्याउन सकिने जनाइएको छ।
प्रकाशित मिति: २०२५-०४-२० , समय : ०८:१५:११ , १ हप्ता अगाडि