ईनेपालपत्र , १९९ पटक हेरिएको
पाँचथर, ७ फागुन । पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ का वडाध्यक्ष सुखबिर नेम्वाङको ५६ वर्षको उमेरमा निधन भएको छ ।
नेम्वाङ नेपाली कांग्रेसको फाल्गुनन्द गाउँपालिका सभापतिसमेत थिए । राज्य पुनःसंरचनापछि २०७४ सालमा पहिलो पटक वडाध्यक्षमा निर्वाचित भएका उनले २०७९ सालको स्थानीय तह निर्वाचनमा दोस्रो कार्यकालका लागि पुनः जित हासिल गरेका थिए ।
पछिल्लो समय मुखको क्यान्सरबाट पीडित नेम्वाङको उपचारकै क्रममा निधन भएको हो । लामो समयसम्म भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेका उनलाई अस्पतालले माघ तेस्रो सातामा घर फिर्ता पठाएको थियो । घरमै उपचार गराइरहेका बेला बुधबार बिहान उनको निधन भएको फाल्गुनन्द गाउँपालिका अध्यक्ष बृजहाङ आङदेम्बेले जानकारी दिए ।
नेम्वाङ कुशल भलिबल खेलाडीसमेत थिए । उनको अन्त्येष्टि बुधबार नै सम्पन्न भएको पारिवारिक स्रोतले जनाएको छ ।
प्रकाशित मिति: २०२५-०२-१९ , समय : १०:४९:२६ , १० महिना अगाडि