ईनेपालपत्र , ३२८ पटक हेरिएको

लेटाङ, ८ माघ । मोरङको लेटाङ नगरपालिका-५ खेरुवा स्थितमा मोटरसाईकल दुर्घटनामा परेर १ जनाको मृत्यु भएको छ ।
आईतबार दिउँसो लेटाङबाट जाँतेतर्फ जादै गरेको को.१८प ६२८२ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल पछाडि सवार लेटाङ नगरपालिका-२ का १८ वर्षिय जेनिस राईको उपचारको क्रममा न्युरो अस्पताल बिराटनगरमा मृत्यु भएको हो ।
दुर्घटनाबाट घाईते भएका मोटसाईकल चालक बिजय मगरको स्थानिय मेडिकलमा भई रहेको छ भने घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय लेटाङले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रकाशित मिति: २०२४-०१-२२ , समय : ११:४१:०४ , १ वर्ष अगाडि