रबिन श्रेष्ठ , ६०९ पटक हेरिएको
लेटाङ २० बैशाख । चौबिसे बाट लेटाङ आउदै गरेको बोलेरो पिकअप दुर्घट्नाका गम्भीर घाईते २ जनाको निधन भएको छ । बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिस्ठान धरानमा उपचारका क्रममा चालक पथरी शनिश्चरे २ घर भएका करिब ३० बर्षिय मनोज दियाली र गाडिका साहुजी ७४ बर्षिय लेटाङ ६ का जीवन कुमार श्रेष्ठको निधन भएको अस्पतालले जनाएको छ ।
धनकुटाको चौबीस गाउँपालिका बुधबारे देखि लेटाङ आउदै गरेकाे प्र. १- ०२-००१ ज ३९५३ नं को बाेलेराे पिकअफ अनियन्त्रित भई लेटाङ नगरपालिका वडा न ७ वारंगीमा दुर्घटना भएको थियो । धिरीङ्खा भन्ने ठाउँमा आज अपरान्ह अन्दाजि ४ बजेको समयमा दुर्घटना भएको एक स्थानीयले जानकारी दिएका छन । स्थानीयका अनुसार ४ जना सवार बाेलेराे गाडि सडक भन्दा करिब १०० मिटर तल खसेको थियो ।
दुर्घटनामा ४ जना परेका थिए । सो मध्ये गम्भीर घाईते २ जनाको उपचारका क्रममा निधन भएको हो ।
प्रकाशित मिति: २०२३-०५-०३ , समय : २१:०२:१० , ३ वर्ष अगाडि